byapar -Melaa – 2074

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा व्यापार संघले सञ्चालन गर्न लागेको मेलाको प्रवेशद्वार कमलको फूलको आकृतिमा निर्माण गरिएको छ । मेलाको आकर्षणका रुपमा मुख्य प्रवेश द्वार ३२ फिट अग्लो र ५५ फिट चौडाईमा निर्माण गरिएको हो ।

तिलोत्तमा व्यापार संघका द्वितीय उपाध्यक्ष एवं निर्माण उपसमितिका संयोजक रामचन्द्र पाण्डेयका अनुसार धार्मिक सहिष्णुता झल्कीने गरि कमलको फूलको प्रवेशद्वार निर्माण गरिएको बताउनु भयो । यहि पुस २६ गतेबाट मणिग्राममा सुरु हुने तिलोत्तमा व्यापार मेलाको प्रवेश द्वार कमलको फूलका आकृतिमा निर्माण गरिएको र भित्र गएपछि बस्तुगत सामानहरुकालागि छुट्टा छुट्टै पेभिलियन बनाईएको छ ।

स्टल व्यवस्थापन समितिका संयोजक बालुलाल भुसालका अनुसार बिदेशी र स्वदेश स्टलहरुको अवलोकन गर्दै दशर्क मञ्चको अघिल्तीरको खुला चौरमा पुग्नेछन् । त्यसको दक्षिण पट्टी बाल उद्यानको व्यवस्था छ । सांगितिक कार्यक्रममा रमाउनेहरुलाई मञ्चको अगाडी बस्ने व्यवस्था छ । खेल प्रेमीहरुका लागी मञ्चको उत्तरपट्टी खेल मैदानको व्यवस्था छ । त्यहा भलिबल, कुस्ती र कराते प्रतियोगिता चल्नेछन् ।

मेला स्थल भित्र पूर्ण रमाइलो लिएर र्फकदै गरेका दर्शकले मेला स्थलबाट बाहिर निस्कदै गर्दा अर्को महत्वपूर्ण अर्को अवसर पनि प्राप्त गर्नेछन । मुक्तीनाथको दर्शन त्यही थलोमा गर्नेेछन । माछापुच्छ्रे हिमालको फेदमा मुक्तीनाथको मन्दिर । मन्दिर छेउबाट कलकलाउंदै बगेको कालिगण्डकी । कालि गण्डकी थुनेर बनाईएको ड्याम । अनि कालिगण्डकी डाइभर्सनको दृश्य प्रत्यक्ष हेर्न पाईनेछ ।

मेला आयोजक मुल समितिका संयोजक एवं तिलोत्तमा व्यापार संघका अध्यक्ष झबिन्द्रप्रसाद कंडेल भन्नुहुन्छ–‘मेलाको आर्कषणको केन्द्रको रुपमा यो सेल्फी स्पट निर्माण गरिएको हो ।’ मेला स्थल आउने दर्शकलाई भरपुर सन्तुष्टि प्रदान गर्न फरकपन दिन हरसम्भव प्रयास गरिएको प्रचार प्रसार समितिका संयोजक हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो । उहाँले मेलामा आउने दर्शकलाई नेपालकै ठुला अष्ट्रिज र्फम र गाई फर्मको अवलोकनको लागी यातायातको व्यवस्था मिलाइएको छ ।

बुधबारबाट शुरु हुने मेलाका लागी आवश्यक भौतिक संरचना निर्माण लगायतका तयारी सकिएको आयोजकले जनाएका छन । मेलाको सचिवालय, प्रवेशद्वार, स्टल, मञ्च, बालउद्यान लगायतका सबै संरचनाको निर्माण सकिएको निर्माण समितिका संयोजक रामचन्द्र पाण्डेयले जानकारी दिनुभयो । माघ ९ गते सम्म चल्ने मेलामा ३ सय भन्दा बढि स्टल सहभागी हुदैछन ।

© 2017 Tilottama Chamber Of Commerce . All Rights Reserved...