संघले उठाउँदै आएका विषयहरु

१. खुला सीमा तथा अव्यावहारिक भन्सार नीतिका कारण यहाँका व्यवसायीहरु मर्कामा परिरहेकोले यथासिघ्र खुल्ला सिमा तथा भन्सारको व्यावस्थापन गर्नुपर्ने ।
२. व्यवसायीहरुलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक र सहयोगी हुनुपर्ने ।
३. घरबहाल ऐन मस्यौदा तयार भएको चार वर्ष भई सक्दा पनि अहिलेसम्म पारित नभएको । जसले गर्दा व्यवसायीको स्थायित्व हुन सकेको छैन।
४. करिब एक लाख पचास हजार जनसंख्या रहेको यस नगरमा सुरक्षाकर्मीको संख्या अत्यन्तै न्यून रहेको र सवारी साधनको अभाव रहेकोले क वर्गको वडा प्रहरीको व्यावस्था हुनुपर्ने जसमा करीब १२० जना सुरक्षाकर्मी र सोहिअनुसारको साधन स्रोतको व्यावस्थापन हुनुपर्ने छ ।
५. पूर्ण रुपमा नगर क्षेत्रमा फोहर व्यवस्थापन हुन नसकेको ।
६. प्रत्येक चोकमा सिसिटिभि जडान तथा सडक बत्तीको व्यवस्था गर्नु आवश्यक छ ।
७. तिलोत्तमा व्यापार संघको लागि आफ्नै जग्गा र सचिवालय भवन नहुँदा कार्यालय सञ्चालन र व्यवासायिक गतिविधिमा असहजता आएकोले सम्बन्धित सबैमा सहयोग को लागी अनुरोध छ ।
८. सरकारले व्यावसायीहरुवाट उठाउने विविध करको एकद्धार प्रणाली लागु गर्नुपर्ने ।
९. नयाँ संविधानसँगै राजनीतिक स्थिरता, बन्द हडताल रहित विकासले गति लिने आम व्यवसायीको अपेक्षा रहेको ।
१०. त्बह एबथ को आधारमा ६० वर्षको उमेरपछि, व्यावसाय छोडनुपर्दा वा बिपत आईपर्दाको अवस्थामा भत्ता एवं सहयोग को व्यवस्था हुनुपर्ने ।
११. भलवारी ल्इऋ (नेपाल आयल डिपो) को स्तरवृद्धि भएको तर नगरपालिकाकोे मुटुमा, बुटवल सुनौली राजमार्गको छेउमा र घनावस्तीको बिच भएकोले यसलाई स्थानान्तरण गर्नुपर्ने ।
१२. रुपन्देहीमा बजेट र योजना परेको तर गिट्टीबालुवा हातले उठाउने पर्ने गरी क्अबखबतयच
मा रोक लगाईएको हुदा विकास निर्माणका कार्यको लागी उत्त रोक खुलाउनुपर्ने ।
१३. बन्दै गरेको बुटवल–बेलहिया, देवदह–गोरुसिंगे बाटो र क्षेत्रीय ब्ष्चउयत को काम गुणस्तरीय र
समयमा सम्पन्न गर्नुपर्ने ।
१४. आर्थिक वर्षको अन्त्यमा बजेट निकासा दिने प्रचलनलाई अन्त्य गरी समयमै निकासा गर्ने व्यावस्था गर्नुपर्ने ।
१५. देवदह बुद्धमावली जीर्ण रहेकोले तत्काल बुद्ध सर्किटको व्यावस्थापन अनुसार जीर्ण द्धार गरिनुपर्ने ।
१६. ति.न.पा. चक्रपथको नक्सांकन भैसकेकोले बजेटको व्यावस्थापन गरी निर्माण कार्य थालनी गर्नुपर्ने ।
१७. स्वरोजगारको लागी सरकारले निर्णय गरे बमोजीम एक घर एक रोजगारको व्यावस्था लागु गर्नुपर्ने।
१८. नगरपालिकामा वरुणयन्त्र तत्काल व्यावस्थापन गर्नुपर्ने ।
१९. कभर्डहलको डिजाइन भएको तर तत्काल निर्माण गर्नुपर्ने ।
२०. नगरपालिकाको भवनको लागी तत्काल जग्गाको व्यावस्थापन गरी निर्माण कार्य थालनी गर्नुपर्ने ।
२१. नगरपालिकामा वसपार्क औद्योगिक क्षेत्र निर्माण साथै पर्यटन प्रवर्धनका निम्ती भलुहि देखि भैरहवा सम्म र तिनाउ नदिको पानिलाई व्यावस्थापन गरी बुटवल देखि भैरहवा सम्म डुंगा मार्फत परिक्रमा गर्नसकिने व्यावस्था मिलाउनुपर्ने ।
२२. वाल उद्यानको व्यावस्था गर्नुपर्ने ।
२३. डम्पींग साइडको तत्काल व्यावस्थापन गर्नुपर्ने ।

© 2017 Tilottama Chamber Of Commerce . All Rights Reserved...