Welcome To Nepal Chamber Of Commerce

रुपन्देही जिल्लाकै केन्द्र भागमा अवस्थित बुटवल र भैरहवा नगरपालिका मिलाई भविष्यमा महानगरपालिका बनाउने प्रवल सम्भावना रहेको तिलोत्तमा नगर क्षेत्रमा व्यापारलाई आधुनिकीकरण, विशिष्टिकरण गर्ने मुख्य उद्देश्यका साथ व्यवसायीहरुको हकहितको संरक्षणका लागि सक्षम, सुदृढ, प्रतिस्पर्धी व्यवसायीहरुको आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्यका साथ तिलोत्तमा व्यापार संघको स्थापना भएको हो । छितरिएर रहेका तिलोत्तमा नगरभित्रका व्यवसायीहरु एउटै छातामुनी गोलबन्द हुन पुगेका छन् । समग्र जिल्लाको अवस्थालाई हेर्दा रुपन्देही जिल्ला व्यापार व्यवसाय र पर्यटकीय हिसावले महत्वपूर्ण क्षेत्र बन्दै गएको छ । अवका दिनमा समग्र जिल्लाको विशिष्टिकरणसहित व्यावसायिक नक्सांकन हुन जरुरी छ । जिल्लाको विकास सँगै तिलोत्तमा नगर क्षेत्रको विकासलाई वितरणमुखी मात्र नभई उत्पादनमुखी समेत बनाउन आवश्यक महशुस गरेका छौं । कृषि, उद्योग, व्यापार, पर्यटनलगायतका शीर्षकहरुको संबोधन हुने गरी यस नगरलाई वर्गीकरण गर्न जरुरी छ ।
निश्चितरुपमा प्राकृतिक हिसावले हामी जति धनी छौं, त्यति नै निर्माण भएका बाटाघाटालगायत अन्य भौतिक संरचनाहरु संरक्षण संवद्र्धन गर्न हामी पछि परेका छौं । कुनैपनि क्षेत्रमा समयभित्र काम सम्पन्न नहुने, लागत बढ्ने, समयमा बजेट फस्र्यौट नहुने जस्ता विभिन्न समस्याहरुले गर्दा आम उपभोक्ताहरु पीडित हुने गरेका छन् । लामो समयको अथक प्रयासपछि मुलुकले नयाँ संविधान पाएको छ । नयाँ संविधानसँगै राजनीतिक स्थिरता र विकासले गति लिने आम व्यवसायीको अपेक्षा छ । एक सफल राष्ट्रको खास परिचय त्यसको स्वाधीन अर्थतन्त्र हो । जुन देशमा औद्योगिक एवं व्यवसायिक विकास हु“दैन त्यस राष्ट्रमा कुनै पनि विकासले गति लिन सकेको हु“दैन । सफल राष्ट्रको मूल आधार र अनिवार्य शर्त औद्योगिक एवं व्यवसायिक विकास हो । हाम्रो मुलुकमा पनि व्यावसायिक विकासको त्यो शर्तलाई स्वीकारिएको छ तर त्यो अहिलेसम्म सार्थक हुनसकेको छैन । चीन र भारत जस्तो विकसित राष्ट्र«को बिच हाम्रा सामु राम्रो सम्भावनाहरु हु“दाहु“दै पनि त्यसलाई सही रुपमा प्रयोग गर्न सकिरहेका छैनौं । यसो हुनुमा धेरै कारणमध्ये राज्यको दीर्घकालिन रणनीति र राष्ट्रिय व्यापार योजनाको कमी हो । जुन कुरा राजनीतिक स्थायित्वबाट मात्रै संभव हुन्छ । सरकारले चाहेमा व्यवसायीले उठाएका समस्याहरु संबोधन गर्न सकिन्छ । यी यावत समस्याहरु संबोधनका लागि हामीले यहाँबाट ठोस पहल र प्रयत्नको आशा गरेका छौं

© 2017 Tilottama Chamber Of Commerce . All Rights Reserved...