संघले गरेका महत्वपुर्ण कामहरु ः
१. महाभुकम्प पिडितलाई संघको तर्फवाट प्रधानमन्त्री राहत कोषमा सहयोग स्वरुप रु.६०,०००÷– (साठ्ठी हजार रुपैँया) जम्मा गरेको ।
२. यहाँका व्यावसायीको स्तरवृद्धि निम्ती आधारभुत लेखा तालिम सम्पन्न गरेको ।
३. नयाँ संविधान जनताको संविधान स्वरुप नेपालको भावी संविधानमा गर्नुपर्ने गहन सुझावहरु वुदागत रुपमा संविधान सभा काठमाण्डौमा पुग्ने गरी व्यापार संघको तर्फबाट सुझावपत्र पेश गरीयो ।
४. लुम्बिनी एक्स्पो २०१५ अन्तराष्ट्रिय व्यापार मेला २०७२ मा तिलोत्तमा व्यापार संघले सह–आयोजकको भुमिका निर्वाह गरी व्यापक रुपमा कार्यक्रम सम्पन्न गरेको ।
५. २०७२ सालको कर सप्ताहको अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवा र तिलोत्तमा व्यापार संघको संयूक्त आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रम तथा कर सम्बन्धी तालिम सम्पन्न गरियो ।
६. तिलोत्तमा व्यापार संघ र लियो क्लव अफ खस्यौली यको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरियो ।
७. पर्यटकिय नगरी चितवनको सौराहमा भावि कार्यक्रम सहित कार्यशाला गोष्ठी सम्पन्न गरियो ।
८. संघ द्धारा प्रकाशित क्यालेन्डर तिलोत्तमा नगर प्रमुख श्री टिकाराम ज्ञवाली द्धारा बिमोचन गरियो ।
