पेशालाई संस्थागत र सुदृढ गराउदा

यस नगर भित्रका सम्पुण व्यावसायीहरुले अंगालेको पेशालाई संस्थागत र सुदृढ गराउदा त्यसले समग्र नगरकै विकास टेवा पुग्ने हुन्छ

त्यसैले यस संघले उठाएका कदमहरुको स्वागत गर्दै अझ प्रभावकारी भुमिका खेल्नका लागि भौतिक संरचना लगायत सचिवालयमा आवश्यक सामाग्रीका लागी रुपन्देही जिल्लाका नेकपा एमालेबाट समानुपातिक सभासद माननीय आदित्य नारायण कसौधन ज्यूको संसदिय कोषबाट रु. ५,००,०००।– बजेट छुटयाउनु भएकोमा वहाँलाई विशेष धन्यवाद ज्ञापन गर्दछ’ ।

 

यसै गरि संघको स्थापनार्थ सहयोग स्वरुप यसै क्षेत्रका होनहार र देशकै ठुलो गाई फर्मको रुपमा परिचित श्री शसी पौडेल ज्यूबाट रु. ५०,०००।– सहयोग गर्नु भएकोमा वहाँप्रति पनि आभार व्यक्त गर्दछ।

 

यसैगरि रुपन्देही व्यापार संघले यस संघलाई स्थापना कालदेखिनै विभिन्न तर्फवाट आवस्यक सहयोग गर्दै आएकोले आभार व्यक्त गर्दछु ।
साथै विभिन्न तालिम आयोजनाहरुमा नगरपालिकाबाट सहयोग भएको र कर संम्बन्धी तालिम गराउदा आ.रा.कार्यालय भैरहवाको विशेष सहयोग भएकोमा धन्यवाद सहित आभार व्यक्त गर्दछौँ ।

© 2017 Tilottama Chamber Of Commerce . All Rights Reserved...