छोटो समयै यहाँसम्म पुग्दा अवसर र चुनौती दुवै रहेको महशुस गरेको छु ।
संस्था स्थापना गर्दादेखि अध्यक्षको हैसियतबाट छोटो समयै यहाँसम्म पुग्दा अवसर र चुनौती दुवै रहेको महशुस गरेको छु । संघले आफूलाई संस्थागत रुपले बलियो बनाउन जग्गाको खोजी गरिरहेको छ र निकट भविष्यमै जग्गा प्राप्त गर्ने आशामा छौं । आफ्नै भवनको सचिवालयबाट संघका गतिविधि सञ्चालन गर्न सकियो भने व्यवसायीका थुप्रै समस्या र अवसरहरुलाई सहजै उठान गर्न सकिन्छ । यसका लागि हामीले तिलोत्तमा नगरपालिका लगायत स्थानीय संघसंस्थासँग सहकार्यको नीति समेत लिएका छौं । अन्त्यमा संघले आफ्ना गतिविधिलाई समेटेर बुलेटिनको पहिलो अंक प्रकाशन गरेको छ । यो प्रकाशनका लागि निरन्तर खट्नुहुने प्रकाशन समितिका संयोजकसहित सदस्यहरु, सम्पादन टिमका साथीहरु, सल्लाहकार, सम्पूर्ण महानुभाव ज्यूहरु, कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरु व्यवसायिक संघ संस्था र विज्ञापन दाता तथा शुभकामना व्यक्त गर्नुहुने लगायत सबैमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्न चाहन्छु । साथै संघका हरेक गतिविधमा साथ र सहयोग गर्ने विभिन्न संघसंस्था, सुरक्षा निकाय, राजनीतिक दल, सरकारी निकाय, पत्रकार, सम्पूर्णप्रति आभार प्रकट गर्न चाहन्छु ।
