View Of President

अध्यक्षको भनाई
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका भित्रको व्यवसायिक विस्तार ,प्रवद्र्धन, आधुनिकीकरण ,विशिष्टीकरण गर्ने र व्यवसायीहरुको हकहितको रक्षका लागि सक्षम ,सुदृढ , स्वच्छ प्रतिष्पर्धी व्यवसायीहरुको आस्था र भरोसाको केन्द्रका रुपमा स्थापित गर्न यस संघको स्थापना गरिएको हो ।

संघको स्थापना पश्चात् विभिन्न गतिविधिहरुलाई नियमित रुपमा अगाडि बढाइराखेकाछौँ ।हिजोको दिनमा यस क्षेत्रमा रुपन्देही व्यापार संघको शाखाको रुपमा आम व्यवसायीहरु थियौँ भने नेपाल सरकारले यस क्षेत्रको शंकरनगर , आनन्दवन , करहिया ,टिकुलीगढ ,मधवलिया , मक्रहर , र गंगोलियामा गरी सात वटा गाविस मिलाई तिलोत्तमा नगरपलिका घोषण गरे सँगै ति व्यवसायीहरुको छाता संगठनकोरुपमा मेरै अध्यक्षतामा यस संघको स्थापना गरीहाल याहाँसम्म आईपुग्दा यस क्षेत्रका उद्योगी , व्यवसायी तथा बुद्धिजिवीहरुको अहम भुमिका रहेको छ ।
समग्र तिलोत्तमा नगरपालिकाको एउटा छुट्टै पहिचान भएको देशकै सबैभन्दा ठुलो नगरपालिका हो । यहाँ कृषि , पर्यटन, उद्योग , व्यवसाय लगायत शीर्षकहरुलाई विशिष्टिकरण सहितको व्यवसायिक नक्सांकन हुन जरुरी छ । अहिलेको अत्याधुनिक टेक्नोलोजीको प्रयोग गर्दै यस न.पा. लाई देश्कै अग्रपंक्तिमा लग्न सकिने प्रवल संभावनाहरु छन् । यस नगरपालिका लाई चिन र भारतको बिचमा नेपालको सबैभन्दा ठुलो व्यवसायिक केन्द्रको रुपमा परिवर्तन गर्न सक्छौँ । किनभने यो क्षेत्र सवैभन्दा सुरक्षित र दुवै देशको नजिक पर्ने भु – भाग भएकोले हामी व्यवसायी र सरकारको इच्छा शक्ति भएमा तत्काल यसको सम्भाव्यता अध्ययन गरी गुरुयोजना बनाई दिर्घकालिन आर्थिकोपार्जन गर्न सकिन्छ । यस कार्यको लागि तिलोत्तमा व्यापार संघअग्रपंक्तिमा उभिन सदा तयार छ ।

संघको स्थापना कालदेखि हाल याहाँसम्म पु¥याउन यहाँका अग्रज व्यक्तित्व , बुद्धिजीवी , राजनीतिक दल , स्थानीय निकाय , संघसंस्था , व्यावसायिक प्रतिष्ठान , कार्यसमितिका पदाधिकारी , का. स. सदस्यहरु , व्यवसायी सदस्यहरु तथा पत्रकार बन्धुहरुको उत्तिकै महत्वपुर्ण भुमिका रहेको छ ।

तिलोत्तमा व्यापार संघ यहाँहरुप्रति सदा आभारी रहने छ ।
अन्त्यमा ,
संघका सम्पुण गतिविधिसँगै सम्पुण व्यवसायीहरुलाई सिधा सम्पर्क गर्न सुचनाको मुख्यआधार होस भन्ने हेतुले यो वेव साईट निर्माण गरीएको छ । आजको यो दिन सम्म संस्थालाई ल्याउनका लागी खट्ने सम्पुर्ण यस संस्थाका प्रकाशन समिति , विज्ञापन दाता , व्यावसायिक प्रतिष्ठान , सम्पुर्ण कार्य समिति , बस्तुगत समिति, व्यवसायी सदस्यहरु पत्रकार , यो वेव साईट निर्माण गर्ने वेव बैंक् नेपाल प्रा.ली.परिवार तथा संघका कर्मचारीलाई समेत धन्यवाद दिँदै यस वेव साईट मार्फत सम्पुर्ण व्यवसायी बिच भरपर्दो सुचना पुग्ने विश्वास लिएको छु ।
धन्यवाद ।
झबिन्द्र प्रसाद कँडेल (जे.पी)
अध्यक्ष
तिलोत्तमा व्यापार संघ

© 2017 Tilottama Chamber Of Commerce . All Rights Reserved...